काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ । 

यो कम्पनीको असोज ७ गते सम्पन्न बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १३ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

घोषित बोनस सेयर हाल निश्कासनमा रहेको २ सय प्रतिशत हकप्रदमा भने लागूू हुने छैन । 

हाल यो कम्पनीको चुक्तापूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । १३ प्रतिशत बोनस सेयर र २०० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी वृद्धि भई ३५ करोड ९९ लाखको उचाईमा पुुग्नेछ । यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म १ करोड ९६ लाख खूद नाफा कमाएको थियो ।