काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमामा ६१.८१ प्रतिशतले खुद नाफा आर्जन गर्न सफल भएको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम संस्थाले २ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा संस्थाले ७ करोड २१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले सञ्चालन मुनाफाबापत ४ करोड २५ लाख रुपैयाँ आर्जन गरेको थियो । 

दोस्रो त्रैमासमा संस्थाले ७ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष संस्थाले ५ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाले ३ अर्ब ४ करोड सापटी लिई ३ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ६४ करोड रुपैयाँ सापटी लिई १ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

संस्थाले रिजर्भ (जगेडा) को आकार १४.७९ प्रतिशतले घटाएको छ । गत वर्ष १३ करोड ३५ लाख रुपैयाँ रहेको रिजर्भमा समीक्षा अवधिमा घटेर ११ करोड ३७ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ । 

संस्थाको चुक्तापुँजी ६७ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिसमा संस्थाको चुक्तापुँजी ६३ करोड ३५ लाख रुपैयाँ रहेको थियो । 

संस्थाको वार्षिकीकृत प्रतिसेर आम्दानी १३.७३ रुपैयाँ रहेको छ भने पीई रेसियो (मूल्य आम्दानी अनुपात) २९.८९ रहेको छ ।