काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३.४८ प्रतिशतले बढेको छ।
आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ५ करोड २२ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ४ करोड ६० लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ६ करोड ९८ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड २१ लाख रुपैयाँ रहेको थियो।
संस्थाको खुद ब्याज आम्दानी पनि ७ करोड ९४ लाख रुपैयाँ रहको छ। गत वर्ष संस्थाको खुद ब्याज आम्दानी ७ करोड ८२ लाख रुपैयाँ रहेको थियो।
संस्थाले ३ अर्ब ४३ करोड रुपैयाँ सापटी लिई ३ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष संस्थाले ३ अर्ब ४ करोड सापटी लिई ३ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार थोरै बढेर ११ करोड ४६ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ११ करोड ३७ लाख रुपैयाँ थियो।
संस्थाको चुक्तापुँजी ६७ करोड १५ लाख रुपैयाँबाट बढेर ७३ करोड १९ लाख रुपैयाँ पुगेको छ।
संस्थाको वार्षिकीकृत ईपीएस १४.२९ रुपैयाँमा रहेको । पीई रेसियो ४९.३४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११९.६० रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19