काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गर्दे आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ।
संस्थाको वार्षिक साधारणसभा रुपन्देहीको बुटवलस्थित एसियन होटेलमा भर्चुअल माध्यमबाट भएको थियो। सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम हाल चुक्तापुँजी ६७ करोड १५ लाख २२ हजार ७२० रुपैयाँको कुल १२।६३ प्रतिशत लाभांश पारित भएको छ। प्रस्तावित लाभांशमा ९ प्रतिशतले हुन आउने ६ करोड ४ लाख ३७ हजार ४५ रुपैयाँबराबरको बोनस सेयर र ३.६३ प्रतिशतले हुन आउने २ करोड ४३ लाख ८६ हजार ८७८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।
सभाले अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर वा प्राप्ति प्रक्रियाको सम्भाव्य अध्ययन गरी आवश्यकताबमोजिम प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago