काठमाण्डौ । भारतीय रिर्जभ बैंकका पूर्वगर्भनर रघुुराम राजनले भारतले कोरोनाभाइरसको महामारीको संकटबाट बाहिर निस्कन र अर्थतन्त्रलाई गति दिन नयाँ उपाय खोज्नुुपर्ने बताएका छन्।
इकोनोम्क्सि टाइम्ससँगको अन्तर्वार्तामा पूर्वगर्भनर राजनले जीवन सँगसँगै जीविका बचाउन आर्थिक गतिविधिहरुलाई विस्तारै सुुचारु गर्दै जानुुपर्ने बताएका छन्। उनले भने, ‘कोरोनाको महामारी अन्त्यपछि भारतमा वित्तीय अस्थिरता र राज्य कोषमा संकट हुुनुुहुँुदैन, जुुन अवस्था कोरोना फैलनुु अगाडि व्याप्त थियो।’
राजनले यसका लागि उल्लेखनीय सुुधारको आवश्यकता पर्ने र भारत सरकारले कसरी र कुुन तरिकाले राजनीतिक एकमत कायम राख्छ त्यो मुुख्य प्रश्न हुुने बताए। उनले यदि यसमा सुुधार नदेखिए भारत प्रभावहीन तरिकाबाट अगाडि बढ्ने र यो एउटा ठूलो युुवा जमात भएको देशका लागि राम्रो नहुुने चेतावनी दिए।
सरकारले उपलब्ध गराउने प्याकेजका बारेमा राजनले चेतावनी दिँदै यस विषयमा आम मानिसहरुलाई सजग रहन र यसले मुुद्दामा कुुनै असर नपर्ने र ब्याजदर नबढ्ने कुुरामा सुुनिश्चित हुुन सुुझाव दिए। उनले सरकारले कुुनै पनि स्किम बनाउनुुपूर्व एकदमै सावधानी अपनाउनुुपर्ने बताए।
यस्तै पूर्वगर्भनरले कोरोनाभाइरसको उत्पत्तिको विषयलाई लिएर चीन र अमेरिकाबीच भइरहेको विवादको दिशाबाट टाढा रहन भारतले राम्रो काम गरिरहेको बताए। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19