नयाँदिल्ली । कोरोनाभाइरसका कारण देशमा चलिरहेको लकडाउनका कारण राज्यहरुको नगदप्रवाह बेमेल भएको छ ।
यसलाई सही ढंगमा ल्याउनका लागि भारतीय रिजर्ब बैंक(आरबीआई)ले मंगलबार राज्यहरुलाई ठूलो राहत दिएको छ । यसअन्तर्गत आरबीआईले राज्य र केन्द्र शासित प्रदेशहरुका लागि ओभरड्राफ्ट सुुविधा बढाइदिएको छ ।
आरबीआईद्वारा जारी गरिएको सूूचनाअनुुसार कोरोनाभाइरसका कारण पैदा भएको अवस्थालाई मध्यनजर गर्दै अब राज्य लगातार २१ दिनसम्म ओभरड्राफ्टको सुविधा लाभ लिन सक्नेछ । अहिलेसम्म यो सुविधा केवल लगातार १४ दिनसम्ममात्रै मिलेको थियो । यसका अलावा त्रैमासिक रुपमा मिल्ने ओभरड्राफ्ट सुुविधाको अवधिमा पनि वृद्धि गरिएको छ ।
अब राज्य वा केन्द्र शासित प्रदेश त्रैमासिक रुपमा ५० दिनसम्म ओभरड्राफ्ट सुुविधा लिन सक्नेछ । अहिले यो सीमा ३६ दिनसम्म निश्चित थियो । यो सबै परिवर्तन तुरुन्त लागूू भएको छ र ३० सेप्टेम्बर २०२० सम्म प्रभाव रहनेछ ।
कोरोनाभाइरस महामारीका कारण भारतका अधिकांश राज्यहरुमा राजश्व घटेको छ र बजेटमा तय भएको राजश्व लक्ष्यानुुसार असुुल हुन सकिरहेको छैन । लकडाउनका कारण अधिकांश आर्थिक गतिविधि ठप्प छन् । यसकारण सरकारले राजश्वको लक्ष्य भेट्टाएको छैन ।
लकडाउनका अवधि बढ्न सक्ने
केन्द्र सरकारले कोरोनाभाइरसको संक्रमण रोक्नका लागि मार्च २५ देखि २१ दिनसम्म लकडाउन लागूू गर्ने घोषणा गरेको थियो । सरकारको पूूर्वघोषित लकडाउन अप्रिल १४ सम्म जारी रहन्छ, तर यो अवधि बढ्नसक्ने सम्भावना छ । कतिपय राज्यहरु र विभिन्न एजेन्सीहरुले कोरोनाभाइरस संक्रमणको वर्तमान अवस्थालाई देखेर लकडाउनको अवधि बढाउन सिफारिस गरेका छन् । सरकार उक्त सिफारिस उपर विचाराधीन छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19