काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले उत्तर प्रदेशको एउटा बैंकको लाइसेन्स रद्द गरेको छ। 

भारतको केन्द्रीय बैंकले ग्राहकको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरेको हो। आरबीआईले बिजनौर, नगिना, उत्तर प्रदेश, यूपीको युनाइटेड इन्डिया को–अपरेटिभ बैंक लिमिटेडको बैंकिङ लाइसेन्स रद्द गरेको छ। यो यूपीको एउटा सहकारी बैंक हो।

बैंकको पर्याप्त पुँजी र आम्दानी क्षमताको अभावका कारण आरबीआईले यस्तो निर्णय लिएको हो। यसका लागि आरबीआईले सहकारी आयुक्त र रजिस्ट्रारलाई यस्तो आदेश दिएको हो। यसका लागि आरबीआईले लिक्विडेटर पनि नियुक्त गरेको छ।

गत १९ जुलाईदेखि युनाइटेड इन्डिया को–अपरेटिभ बैंकको सबै सेवा बन्द गरिएको छ। अब यो बैंकमा न त पैसा जम्मा हुन्छ न नगद झिक्न पाइन्छ। 

यो बैंकका ग्राहकका लागि आरबीआईले यो बैंक निक्षेपकर्ता र ग्राहकको हितमा उपयुक्त नभएको ठहर गरेको छ। बैंकले आफ्नो आर्थिक अवस्थाका कारण ग्राहकलाई पूरा रकम दिन सक्दैन। यस्तो अवस्थामा बैंकका ग्राहकले निक्षेप तथा कर्जा ग्यारेन्टी कर्पोरेसनबाट नियमानुसार भारु ५० हजारसम्मको रकम झिक्न सक्नेछन्। –एजेन्सी