काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया(आरबीआई) ले आईसीआईसीआई बैंक र कोटक महिन्द्रा बैंकलाई वित्तीय नियम उल्लंघन गरेको भन्दै जरिवाना गरेको छ ।

केन्द्रीय बैंकले आईसीआईसीआई बैंकलाई १२.१९ करोड भारतीय रुपया(भारु) र कोटक महिन्द्रा बैंकलाई ३.९५ करोड भारु जरिवाना गरेको हो । रिजर्व बैंकले कोटक महिन्द्रा बैंकलाई सेवा प्रदायकको गोपनियता सुरक्षित नगरेको तथा वार्षिक समीक्षा गर्न बेवास्ता गरेको आरोपमा जरिवाना गरेको हो ।

त्यसैगरी,आईसीआईसीआई बैंकले चाहिं गैर-वित्तीय उत्पादनहरूको मार्केटिङ र बिक्रीमा संलग्न दुई जना सञ्चालको कम्पनीलाई  ऋण स्वीकृत गरेको थियो ।सोही अभियोगमा आईसीआईले जरिवाना तिर्नुपरेको हो ।

यसैगरी, आरबीआईले कोटक महिन्द्रा बैंकले सर्विस प्रोभाइडर लागि बार्षिक रिभ्यू तथा ड्यू डिलिजेन्स समयमा नगरको बताएको  छ।

साथै उक्त बैंकले वित्तीय सेवाको आउटसोर्सिङमा जोखिम प्रबन्ध तथा नियामकको नियम पालना नगरेको आरोप छ । 

केन्द्रीय बैंकको नीति निर्देशनहरु उल्लंघन गरेको भन्दै आरबीआईले समय समयमा भारतीय बैंकहरुलाई ठूलो रकम जरिबाना गर्ने गरेको  छ।

केन्द्रीय बैंकले निर्देशन पालना नगरेको आरोप प्रमाणित भएपछि मौद्रिक जरिबाना लगाउने निष्कर्षमा पुगेको जनाएको छ । -एजेन्सी