Symbolic Photo
काठमाण्डौ । हामी सबै आरामदायी र सुनिश्चित रिटायरमेन्टको कामना गर्छौं । आफ्नो रिटायरमेन्टको सुरुआती दिनहरु तपाइँ आफ्ना परिवारजन र साथीभाइसँग विभिन्न ठाउँमा घुमफिर गरेर मज्जा लिन चाहनुहुन्छ । अनि बाँकी दिन आरामदायी र सुखमय तरिकाले बिताउन चाहनुहुन्छ ।
तपाइँको योजना चाहे जे भए पनि रिटायरमेन्टपछिको आरामदायी लाइफ स्टाइलका लागि राम्रै पैसाको व्यवस्था गर्नुपर्छ र यसका लागि तपाइँले जागिरे जीवनमै बचतको राम्रो योजना बनाउन जरुरी हुन्छ । तपाइँले आफ्नो आम्दानीबाट बचेको पैसा केही यस्ता ठाउँमा राख्नुपर्छ वा लगानी गर्नुपर्छ जसबाट पछि राम्रो रिटर्न होस् । तर लापरबाही र बिना योजना यदि तपाइँले गलत ठाउँमा बचतको पैसा लगानी गर्नुभयो भने त्यसले तपाइँको रिटायरमेन्ट जीवन खल्लो बनाउन सक्छ।
त्यसैले रिटायरमेन्टसँग जोडिएका आम गल्तीहरु र त्यसबाट बच्न सकिने तरिकाका बारेमा पनि बुझ्न जरुरी हुन्छ।
रिटायरमेन्ट प्लानिङमा ढिलाइ गर्नु : हालै गरिएको एक अध्ययनले जीवनको महत्वपूर्ण र अनिवार्य रियायरमेन्ट प्लानका बारेमा प्रायः मानिस ध्यान दिँदैनन् । निकै कम मानिसमात्र रिटायरमेन्ट प्लानका लागि आफ्नो आम्दानीबाट नियमित बचत गर्छन् । बाँकी मानिस रिटायरमेन्ट प्लानका लागि अझै समय बाँकी छ भन्दै वा आम्दानी बढेपछि मात्र यसबारे सोचौँला भनेर पन्छिने गरेको अध्ययनले देखाएको छ । तर यस्तो गर्नु र सोच्नु गलत हो किनकि समय चाँडै ढल्किन्छ र राम्रो रिटायरमेन्ट प्लानबाट हुन सक्ने लाभबाट पनि वञ्चित हुन सक्नुहुन्छ ।
आफ्नो रिटायरमेन्ट प्लानको सुरुआत गर्ने सबैभन्दा राम्रो समय भनेको तपाइँको जागिरे जीवनको सुरुआती अवस्थामा नै हो। यदि तपाइँ जागिरदार हुनुहुन्छ र अझै रिटायरमेन्ट प्लान बनाउनुभएको छैन भने आजैबाट प्लान बनाउनु उपयुक्त समय हुन्छ । आम्दानी बढ्ने, प्रमोसन हुने वा सही समयको प्रतीक्षा नगर्नुहोस् । आजैबाट रिटायरमेन्ट प्लान बनाउनुहोस् र आफ्नो तलबी खाताबाट कट्टा हुने गरी सोझै उपयुक्त लगानी गर्ने ठाउँमा जम्मा गर्नुहोस् । यदि तपाइँसँग प्रशस्त समय छ भने जोखिम मोलेर म्युचुअल फन्ड, ऋणपत्र, विभिन्न सेयर, इन्स्युरेन्स, लङ टर्मका अन्य वित्तीय उपकरणहरु आदिमा लगानी गर्ने सोच बनाउनु सक्नुहुन्छ।
रिटायरमेन्ट फन्डबाट पैसा निकाल्नु : युवा वा कामकाजी मानिसले गर्ने सबैभन्दा ठूलो गल्ती भनेकै आफ्नो लाइफ स्टाइल र दैनिक आवश्यकता पूरा गर्न उसले आफ्नो रिटायरमेन्ट फन्डबाट पैसा निकाल्नु हो । पछि भर्पाइ गरौँला भन्ने सोचेर आफ्नो रिटायरमेन्ट फन्डबाट पैसा निकाल्नुले तपाइँको प्रगतिमा धेरै असर गर्न सक्छ । आफ्नो रिटायरमेन्ट फन्डबाट विभिन्न ग्याजेटस् वा सवारीसाधन नकिन्नुहोस् किनकि यस्ता वस्तु पछि बेच्दा आफूले चाहेको मूल्य पाउनुहुन्न । त्यस्तै रिटायरमेन्ट फन्डबाट दैनिक आवश्यकताका वस्तु खरिद र यात्रा पनि नगर्नुहोस् । यी चिजमा खर्च गरिएको पैसा कहिल्यै फिर्ता हुँदैन ।
याद राखौँ : सम्मानजनक रिटायरमेन्ट प्लानिङका लागि बचत गरिएको पैसा भविष्यमा राम्रो आम्दानी हुने ठाउँमा मात्र लगानी गरौँ । यो पैसालाई अनावश्यक वस्तुमा खर्च नगरौँ ।
विनालक्ष्यको बचत: रिटायरमेन्ट प्लानिङ लक्ष्यमा आधारित काम हो । यदि तपाइँ विना लक्ष्य रिटायरमेन्ट जीवनका लागि बचत र लगानी गरिराख्नुभएको छ भने तपाइँ गल्ती गरिहनुभएको छ । विनालक्ष्यको बचतले अप्रिय परिणाम निम्त्याउन सक्छ । जस्तै भविष्यको रिटायरमेन्ट जीवनका लागि चाहिनेभन्दा बढी फन्ड जम्मा गर्दा वर्तमानमा तपाइँले दैनिक आवश्यकता पूरा गर्न ऋण लिनुपर्ने अवस्था आउन सक्छ । त्यसैले सबैभन्दा पहिले तपाइँले आफ्नो खर्चको मूल्यांकन गर्नुपर्छ । त्यसपछि मात्र तपाइँ आफ्नो रिटायरमेन्ट प्लानिङका लागि आवश्यक रकम छुट्याउँदै जानुपर्छ । आफ्नो रिटायरमेन्ट जीवनका बेला हुने खर्चको प्लानिङ गरेरमात्र बचत गरिएको रकमलाई लगानी गर्ने सही ठाउँ रोज्नुपर्छ । यसले गर्दा पछि तपाइँको रिटायरमेन्ट जीवन आरामदायी ढंगले बिताउन राम्रो धनराशि तयार हुन सक्छ ।
फाइनाइन्सिल एक्सपर्टको सहयोगमा आफ्नो आम्दानी, उमेर र जोखिम क्षमतालाई ध्यानमा राखेर लगानी गर्ने ठाउँ रोज्नुहोस् ।
हेल्थ इन्स्युरेन्स : यदि तपाइँ जीवनभर राम्रो लाइफ स्टाइल बनाएर राख्न चाहनुहुन्छ भने तपाइँ आफ्नो उमेरअनुसार देखिन स्वास्थ्यसम्बन्धी समस्याबाट पनि सचेत हुन जरुरी हुन्छ । स्वास्थ्य समस्याका कारण तपाइँले धेरै खर्च गर्नुपर्ने हुन सक्छ, जसले सोझै तपाइँको रिटायरमेन्ट फन्डमा असर गर्न सक्छ । अझ रिटायरमेन्ट जीवनमा पनि तपाइँलाई स्वास्थ्य समस्याले पिरोल्न सक्छ । त्यति बेला तपाइँसँग भएको पुँजीले नधान्न पनि सक्छ । यस्तो अवस्थामा तपाइँले एउटा राम्रो हेल्थ इन्स्युरेन्स पोलिसी लिन जरुरी हुन्छ । जसले तपाइँलाई स्वास्थ्य समस्या आउँदा खर्चको भारबाट बच्न निकै मद्दत पुयाउँछ ।
सन्तानमा निर्भर : विशेषगरी नेपालजस्तो विकासोन्मुख मुलुकमा जब बाबु–आमा बूढाबूढी हुन्छन् तब उनीहरु आर्थिक रुपमा पनि सन्तानमा निर्भर बन्न पुग्छन् । यसो हुँदा उनीहरु आफ्नो सुखमय जीवनबाट वञ्चित हुन पुग्छन् । घुमफिर, खानपान र आवश्यक वस्तुको खरिद गर्दा पनि छोराछोरीको मुख ताक्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । जो जागिरदार थिए तर रिटायरमेन्ट प्लानिङ गरेनन्, ती पछि आफ्नो सन्तानमाथि निर्भर त हुन्छन् नै सन्तानलाई आर्थिक बोझ पनि बन्न पुग्छन् ।
त्यसैले जागिरको अवधिमै आम्दानीको केही हिस्सा बचत गरी राम्रो ठाउँमा लगानी गरेर आफ्नो रिटायरमेन्ट जीवनलाई आरामदायी र सुखमय बनाउनतिर लाग्नु नै बढी उत्तम हुन्छ । – एजेन्सीबाट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago