काठमाण्डौ । विश्वकै ठूलो दुईपाङ्ग्रे सवारीसाधन उत्पादक हिरो मोटोकर्पको आम्दानी र नाफा दुबै घटेको छ ।
कम्पनीको बुधबार सार्वजनिक वित्तीय विवरणका अनुसार यस वर्षको सेप्टेम्बर अन्त्यसम्ममा कम्पनीको आम्दानीमा करिब १७ प्रतिशत गिरावट आएको छ । अघिल्लो वर्ष करिब ९ हजार करोड आम्दानी गरेकामा यस वर्ष करिब ७ हजार ५७० हजार करोड मात्र भएको छ ।
कम्पनीको नाफामा पनि निकै असर परेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष १ हजार ४४८ हजार करोड नाफा रहेकामा यस वर्ष १ हजार करोडमा सीमित भएको छ ।
कम्पनीका प्रमुख वित्तीय अधिकृत निरन्जन गुप्ताले दिपावली समेतका चाडपर्वका कारण नयाँ मोडेलका मोटरसाइकल र स्कुटरको विक्री बढेकाले कम्पनीको वित्तीय अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
हिरो मोटोकर्पले यसै वर्ष पाँच किसिमका नयाँ उत्पादनहरु बजारमा ल्याएको छ जसमा तीन किसिमका नयाँ डिजाइनका मोटरसाइकल र दुई किसिमका स्कुटर रहेका छन् । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago