काठमाण्डौ। श्रीलंकाको आर्थिक संकटको समस्या समाधान गर्न गठित सल्लाहकार समितिले तत्कालै चाल्नुपर्ने ५ वटा सुझाव सरकारसमक्ष पेस गरेको छ।
सल्लाहकार समितिका सदस्यहरुले राष्ट्रपति गोताबाया राजापाक्षे र राष्ट्रिय आर्थिक परिषद्का सदस्यहरुलाई भेटेर सुझाव पेस गरेका हुन्।
आर्थिक संकटको समस्या समाधानमा श्रीलंकाको राष्ट्रिय आर्थिक परिषदलाई सहयोग पुर्याउन राष्ट्रपति राजापाक्षेले गत मार्च १५ मा १६ सदस्यीय सल्लाहकार समिति गठन गरेका थिए।
आर्थिक संकटको समाधानका लागि सल्लाहकार समितिले पेस गरेका ५ सुझाव यस्ता छन्–
१. प्रस्तावित अन्तर्राष्ट्रिय वित्तीय सहायता कार्यक्रमहरु तर्जुमा गर्न केन्द्रीय बैंक र ट्रेजरीको प्रतिनिधत्व गर्ने अधिकारीहरु सम्मिलित प्राविधिक टोलिको गठन गर्ने।
२. वित्तीय तथा कानुनी सल्लाहकारको नियुक्ती गर्ने।
३. प्राविधिक टोलीले तत्कालै अन्तर्राष्ट्रिय वित्तीय सहायता प्रस्ताव गर्न सुधार कार्यक्रम ल्याउनुपर्ने।
४. अर्थमन्त्रीलाई सहयोग गर्न विज्ञ टोलीको पहिचान गर्ने।
५. आपूर्तिसम्बन्धी समस्याहरु समाधान गरेपछि आत्मविश्वास निर्माण गर्ने उपायहरुमा केन्द्रित हुनुपर्ने।
यसका साथै सल्लाहकार समितिले अर्थतन्त्रलाई स्थायित्व तथा सुदृढीकरण गर्नका लागि तत्काल र दीर्घकालीन उपायहरु अबलम्बन गर्नुपर्ने सुझावसमते दिएको छ।
सल्लाहकार समितिले विश्वका धेरैजसो देशहरुको अर्थतन्त्रमा परेको प्रतिकूल असरको प्रभाव श्रीलंकाले भोग्नुपरेको उल्लेख गरेको छ। समितिले अहिलेको अवस्थाको मुख्य कारकका रुपमा विदेशी मुद्राको संकटलाई लिएको छ। चुनौतीहरुको उचित व्यवस्थापन गरेर छोटो अवधिमा अहिलेको आर्थिक संकट समाधान गर्न सकिने विश्वास समितिले लिएको जनाएको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19