 
                     
                                
                             
                                    काठमाण्डौ । श्रीलंकाको आर्थिक अवस्था झनै खराब हुँदै गइरहेको छ।
श्रीलंकामा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। मुद्रास्फीतिको अवस्था यस्तो छ कि देशमा आलुको मूल्य प्रतिकिलो २०० रुपैयाँ (श्रीलंकाली रुपैयाँ) पुगेको छ। श्रीलंकामा पेट्रोल र डिजेलको अभावका कारण दूध आपूर्ति हुन नसकेको र एक किलो धुलोको भाउ १ हजार ९०० रुपैयाँ पुगेको छ। त्यहाँ प्रतिगोटा अन्डाको भाउ ३० रुपैयाँमा पुगेको छ।
श्रीलंकामा एक किलो चामल किन्न ५०० रुपैयाँ खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ। नरिवल तेलको मूल्य प्रतिलिटर ८५० रुपैयाँ र चिनी प्रतिकिलो २५० रुपैयाँ पुगेको छ। खुर्सानी ७०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
श्रीलंकामा एक कप चिया पिउन पनि १०० रुपैयाँ खर्च गर्नुपर्ने भएको छ।
श्रीलंका गहिरो आर्थिक संकटमा छ। जनता त्रसित छन्। आगामी दिनमा खाद्यवस्तुको भाउ अझै बढ्ने हो कि भन्ने डर जनतामा छ। जसका कारण मानिसहरु निकै तनावमा छन्।
श्रीलंकाको करिब २ करोड ५० लाख जनसंख्याका अगाडि जीवनको संकट खडा भएको छ। अर्कोतर्फ सरकारले प्रतिबन्ध लगाएर जनताको आक्रोशलाई दबाउन थालेको छ। हिंसाको डरले मानिसहरुलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। सडकमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
श्रीलंकामा संकटकालपछि कर्फ्यु लगाइएको छ। अत्यावश्यक सेवाबाहेक कसैलाई आवतजावत गर्न दिइएको छैन। श्रीलंकामा प्रहरी, सेना र अर्धसैनिक बल तैनाथ गरिएको छ।
उता आर्थिक संकटबीच २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिइसकेका छन्। श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि पदबाट राजीनामा दिएका छन्। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19