 
                     
                                
                             
                                    काठमाण्डौ । श्रीलंका यतिबेला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ।
अहिले खानेपानीलगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको छ। मुद्रास्फीति धेरै भएको छ। प्रतिपक्षदेखि सर्वसाधारणसम्म सरकारको विरोध भइरहेको छ।
यसैबीच श्रीलंका सरकारले ठूलो निर्णय गरेको छ। श्रीलंकाले नर्वे र इराकमा आफ्नो दूतावास अस्थायी रुपमा बन्द गरेको हो। यससँगै अस्ट्रेलियामा रहेको आफ्नो वाणिज्य दूतावासलाई अस्थायी रुपमा बन्द गर्ने निर्णय गरिएको छ।
श्रीलंकामा विदेशी मुद्रा सञ्चिती लगभग समाप्त भएपछि सुरु भएको यो संकटले अहिले राजनीतिक र सामाजिक संकटको रुप लिएको छ। सरकारका धेरै प्रभावशाली व्यक्तिले एकपछि अर्को पद छाडिरहेका छन्।
अर्कोतर्फ अत्यावश्यक वस्तुको मूल्य आकासिएपछि सर्वसाधारणका सामु खाद्यान्नको संकट परेको छ।
समाचार एजेन्सीहरुका अनुसार श्रीलंकामा आर्थिक र राजनीतिक संकटका बीच फलफूल र तरकारीको मूल्य ह्वात्तै बढेको छ। ३–४ महिनाअघि ५०० रुपैयाँमा बिक्री हुने स्याउ अहिले १ हजार रुपैयाँमा पुगेको छ।
त्यसैगरी नासपातीको मूल्य यसअघि ७०० रुपैयाँको तुलनामा २ गुणाले बढेर प्रतिकिलो १ हजार ५०० रुपैयाँ पुगेको छ। –एजेन्सी

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19