काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने जोखिम तथा असुली व्यवस्थापन तालिम सम्पन्न गरेको छ। यही वैशाख १० गतेदेखि ११ गतेसम्म आयोजित तालिम कार्यक्रममा ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत शाखा प्रबन्धकको सहभागिता थियो। 

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। उनले यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे। 

कार्यक्रममा जोखिम तथा असुली व्यवस्थापनका विषयमा हरिकुमार सिलवाल तथा श्रवण कुमार सपोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले प्रशिक्षण दिएका थिए। 

कार्यक्रममा आशा लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीलगायत विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा, दीपेन्द्र खनाल, प्रदीप श्रेष्ठ तथा राजीव डंगौराले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेका थिए। 

कार्यक्रममा आर्थिक वर्ष २०७८–७९को उत्कृष्ट शाखा प्रबन्धक राजाराम यादवलाई प्रसंशापत्रसहित नगद पुरस्कारले सम्मान गरिएको थियो।