काठमाण्डौ । ग्लोबल सेभेन प्रालिले इटालियन ब्रान्ड इकोबिटका विद्युतीय स्कुटरमा मनसुन अफर सार्वजनिक गरेको छ। 

पहिलोपटक करिब ७ महिनाअघि नेपाल भित्र्याइएका इकोबिट स्कुटरहरु निक्कै बलिया र आकर्षण छन्। सामान्यतयाः बजारमा विद्युतीय स्कुटर भन्नेबित्तिकै कमजोर पो छ कि भन्ने आमबुझाइलाई इकोबिट स्कुटरको गुणस्तरले पक्कै पनि परिवर्तन गर्नेमा कम्पनी विश्वस्त रहेको छ। 

गुणस्तर र डिजाइनमा उत्कृष्ट हुँदाहुँदै पनि ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै आज असार ८ गतेदेखि लागू हुने गरी ग्लोबल सेभेनले मनसुन अफरको सुरुआत गरेको हो। मनसुन अफरअन्तर्गत कम्पनीले इकोबिट ब्रान्डका हरेक मोडेलमा रु. २१ हजारको छुटको व्यवस्था गरेको छ। 

यसका साथै १ वर्षको कर र बीमासमेत कम्पनीले नै गरिदिने तथा हरेक स्कुटरका साथमा एउटा हेलमेट निःशुल्क दिनेछ। 

यो अफर यही असार मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ। 

नेपाली बजारमा पहिलो चरणमा इकोविट ब्राण्डका आरथ्री, आरथ्री प्रो, भ्याक्स, ई–रेट्रो स्टार र किड्स बाइक ०.१ पाँच मोडेलका स्कुटर बजारमा उपलब्ध रहेका छन्।