काठमाण्डौ । नेप्सेको दैनिक चार्टमार्फत अहिलेको अवस्थालाई केलाउँदा सबै इन्डिकेटरहरुले बजार कमजोर बन्दै गएको देखिएका छन्। 

सुपर ट्रेन्डले बजार बियरिस देखाउँछ भने अर्को इन्डिकेटर इचिमोकुले पनि बजार केही समय बियरिसमै जान संकेत गरेको देखिन्छ। इचिमोकुअन्तर्गत गत १५ अगस्टमा बेस लाइनलाई कन्भर्जन लाइनले माथिबाट काटेर बियरिस सिग्नल बनेको थियो। 

अघिल्लो साताको शुक्रबारकै कारोबारमा मूल्यरेखाहरु क्लाउड पोजिसनबाट तल झरेर बिक्रीचाप परेको संकेत गरेको थियो। (हेर्नुहोस् कालो एरो) 

त्यसैगरी आज लिडिङ स्पान ‘ए’ लाई स्पान ‘बी’ले काटेर क्लाउड पोजिसन रातो बन्दै गरेको छ। (हेर्नुहोस् हरियो एरो) 

यसअघि यस्तै अवस्था बन्दा बजार लामो समयका लागि बियरिसमा गएको थियो (हेनुहोस् रातो एरो)। योसँगै बजारमा केही समय बिक्रीचाप पर्न सक्ने देखिन्छ।  

दैनिक चार्टमै म्याक्डीमा पनि गत ८ अगस्टमा बनेको बियरिस क्रसओभर अझै भ्यालिड नै रहेको देखिन्छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा बन्दै गएका छन्। 

त्यसैगरी बोलिंगर ब्यान्डमा पनि मूल्यरेखाहरु तल्लो ब्यान्ड सँगसँगै हिँड्न खोजेको देखिन्छ। आरएसआई पनि घट्दो क्रममा हाल ३४ को जोनमा रहेको देखिन्छ। यसले आरएसआई एकपटक ओभर सोल्ड जोनमा पुग्न सक्ने देखिन्छ। 

नोट : प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यो कुनै करोबारका लागि भने सिफारस होइन।