– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। मंगलबार पृथ्वीजयन्ती दिन सरकारले सार्वजनिक बिदा दिएको थियो। चार दिन खुलेको बजार २ दिन बढ्यो भने २ दिन घटेको छ।
अघिल्लो साता २१४३.९४ मा बन्द भएको बजार यो साता २१४९.३९ मा बन्द भयो। यो हिसाबले यो साता बजार ५.४५ अंकले मात्रै बढेको छ। अघिल्लो साता बजारले १४५ अंकले बढेको थियो।
यो साता बजारमा २३ अर्ब ५५ करोड रुपैयाँबराबरको करोबार भएको छ। अघिल्लो साता १८ अर्ब ८० करोड रुपैयाँबराबर कारोबार भएको थियो। समग्रमा यो साता नेप्से परिसूचक र कारोबार दुवै बढेको छ।
प्राविधिक पक्ष
क्यान्डल स्टिकका आधारमा
साप्ताहिक रुपमा यो साताको बजारलाई क्यान्डल स्टिकमार्फत हेर्दा ग्रेभ स्टोन डोजी आकार बनेको छ (हेर्नुहोस् कालो एरो)। अंग्रेजीको अक्षर ‘टी’लाई उल्टाउँदा जस्तो आकृति बन्छ, त्यसलाई ग्रेभ स्टोन डोजी भनिन्छ। यदि सेयरको सुरु, न्यून र अन्तिम मूल्यबराबर र अधिकतम मूल्य बढी भएमा ग्रेभ स्टोन डोजी बन्दछ। यो साता बजारमा यस्तो आकृति बनेको देखिन्छ। यदि लामो समयको बियरिस ट्रेन्डसँगै यस्तो आकृति बनेमा खरिद चाप बढेको र बजार बढ्ने संकेत गर्छ।
इचिमोकुका आधारमा
इचिमोकुका आधारमा यो साताको सेयर बजारलाई हेर्दा बजार बुलिस मुभमेन्टम नै देखिन्छ। गएको २७ डिसेम्बरमा मूल्यरेखाले क्लाउड पोजिसनलाई तलबाट काटेर माथि–माथि लागेको छ र अहिले पनि मूल्यरेखाहरु क्लाउड पोजिसनभन्दा माथि नै रहेको अवस्था देखिन्छ। यसले बजारमा बुलिस यात्राको निरन्तरता चलेको देखिन्छ। क्लाउडको रङ पनि रातोबाट हरियो बनेको छ। यसले बुलिस मुभमेन्टम बुझिन्छ।
२६ दिनपछि चल्ने ल्यागिङ स्पान पोजिसन हाल क्लाउड पोजिसनभन्दा माथि रहेको छ। यसले बजारमा स्ट्रङ बुलिस मुभमेन्टममा चलेको बुझिन्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डका आधारमा साप्ताहिक चार्टमा बजारलाई हेर्दा अघिल्लो साता नै मूल्यरेखाले सुपर ट्रेन्डलाई तलबाट काटेको छ। योसँगै हरियो मारुबुजु क्यान्डल बनेको छ। यसले बजार बुलिस नै रहेको बुझिन्छ। भोलुमका आधारमा बजारलाई हेर्दा गएको तीन सातामा क्रमिक रुपमा भोलुम बढेको देखिन्छ। यसले पनि बजार मजबुत रहेको बुझिन्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईका आधारमा
साप्ताहिक रुपमा नेप्सेलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी साँघुरिएको छ। यसले बजारले नयाँ बुलको यूटर्न लिँदै गरेको बुझिन्छ।। अघिल्लो साता क्यान्डलले अप्पर ब्यान्ड हरियो मारुबुजु क्यान्डल बनाएको छ।
यो साता भने चार्टमा ग्रेभ स्टोन डोजी बनेको छ। यसले अल्पकालमा करेक्सन हुन सक्ने सम्भावना देखिन्छ।
म्याक्डीमार्फत हेर्दा भने गत २७ डिसेम्बर बनेको बुलिस क्रसओभर हाल पनि भ्यालिड नै रहेको छ। साप्ताहिक चार्टमै आरएसआई भने बढ्दो क्रममा ५९ को तहमा रहेको छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध १– २११०
प्रतिरोध २– २२४३
प्रतिरोध ३– २३२६
पिभट प्वइन्टः २११०
घटेमा सपोर्ट
सपोर्ट १– २०६१
सपोर्ट २– १९७८
सपोर्ट ३– १९२८
निष्कर्ष
लगातार २ साता बढेको बजार यो साता पनि झिनो अंकले बढेको छ। यो साता बजारमा भोलुम र कारोबार दुवै बढेको छ। साप्ताहिक रुपमा पनि करोबार बढेको छ। यो साता सेयर बजारमा अघिल्लो २ साता बढेको बजारमा नाफा बुक भएको देखिन्छ।
बजारले यो साता पनि अघिल्लोपटकको उच्च विन्दु २२२२ भन्दा माथि बन्द हुन सकेको छैन। यसले बजार अल्पकालमा सामान्य करेक्सन हुन सक्ने देखिन्छ। तर, बजार दीर्घकालमा भने केही कारोबरको करेक्सन पछि भने बजारको उकालो यात्राले पुनः निरन्तरता पाउन सक्छ।
प्राविधिक रुपमा इचिमोकुमार्फत हेर्दा भने बजारमा स्ट्रङ बुलिस मुभमेन्टम रहेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19