काठमाण्डौ । सेयर बजार आज सामान्य अंकले बढेर बन्द भएको छ। 

दिनभरको कारोबारमा करिब ८ अंकले घटेको बजार अन्तिममा करिब ७ अंकले बढेको हो। हिजोको तुलनामा आज कारोबार भने घटेको छ। 

प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगर ब्यान्डको अपर ब्यान्डमा स्पिनिङ टप क्यान्डल बनेको छ। यो भनेको अनिर्णयको संकेत हो। 

आज बजारले दिनभरको कारोबारमा पिभट प्वइन्टको दोस्रो प्रतिरोध २००३ मा प्रतिरोध सामना गरेको छ भने पिभटकै पहिलो सपोर्ट १९७१ मा सपोर्ट पनि लिएको छ। यस आधारमा यदि आगामी कारोबारमा बजार बढ्छ भने २००० भन्दा माथि–माथि टिकेको खण्डमा बजारमा इन्ट्री गर्न सकिन्छ भने घटेमा १९७१ भन्दा तल झरेमा जोखिम व्यवस्थापन गर्न सकिनेछ। 

बजारलाई म्याक्डीमार्फत हेर्दा भने केही समयपहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। आरएसआई भने ६५ को तहमा पुगेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत बजारलाई हेर्दा अप ट्रेन्ड चलेको र केही समय अझै चल्न सक्ने देखिन्छ। डेली बेसमा बजारलाई इचिमोकुमार्फत हेर्दा स्पिनिङ टप क्यान्डल बने पनि मूल्यरेखा क्लाउड पोजिसनभन्दा माथि चलेको देखिन्छ। (हेर्नुहोस् तस्बिरमा कालो एरो) 

२६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि आज क्लाउभित्र छिरेको छ। क्लाउडको रङ अघिल्लो साता नै रातोबाट हरियो बनेको थियो। 

इचिमोकुमा बेस लाइनलाई कन्भर्जन लाइनले यसअघि नै क्रसओभर गरेको देखिन्छ। बजार बुलिस नै भन्नका लागि भने इचिमोकुमा क्लाउड पोजिसनभन्दा माथि–मािथ मूल्यरेखा चलेको हुनुपर्छ तर त्यो अवस्था भने अहिले होइन।  

समग्रमा इचिमोकुले बजार बुलिस बन्दै गरेको भने बुझिन्छ। 

स्मरण रहोस् अन्य इन्डिकेटरले भन्दा इचिमोकुले ढिलो संकेत दिन्छ तर भरपर्दो हुने गर्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।