– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिटिमेड जलविद्युत कम्पनीहरुमध्ये एक हो। यो कम्पनीको  रन अफ द रिभर प्रोजेक्टका आधारमा सञ्चालित छ भने यसको क्षमता २२ मेगावट रहेको छ। यो कम्पनी सानिमा ग्रुपले सञ्चालनमा ल्याएको हो। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी ३ अर्ब ८ करोड रुपैयाँ र रिजर्भमा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ। दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ३२ करोड ९२ लाख रुपैयाँ रहेको छ। यो भनेको आघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ११.३६ प्रतिशतले कम हो। 

कम्पनीको ईपीएस २१.३२ रुपैयाँ, बुक भ्यालु १७१.१९ रुपैयाँ र रिटर्न अन इक्विटी १२.४५ प्रतिशत रहेको छ। कम्पनीको ५ वर्षको औसत लाभांशदर ११ प्रतिशत रहेको छ। कम्पनीले एकपटक सतप्रतिशत हकप्रद सेयर पनि जारी गरेको छ। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा रहेको छ। कम्पनीको प्रतिकित्ता ५२ साताको उच्च मूल्य ३९९ रुपैयाँ र न्यून मूल्य २५० रुपैयाँ रहेको छ। आज दोस्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य ३३८ रुपैयाँ कायम भएको छ। कम्पनीको सतप्रतिशत सेयर सर्वसाधरणमा परिणत भएको छ। 

बोलिंगर  ब्यान्ड,  म्याक्डी तथा आरएसआईका आधारमा

यो कम्पनीलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा लामो समयदेखि मध्य ब्यान्डमा चलेको देखिन्छ। दैनिक चार्टमार्फत हेर्दा यो कम्पनीको सेयरभाउले करिब डेढ महिनादेखि मध्य ब्यान्डमा सपोर्ट लिएको छ। आज पनि मध्य ब्यान्डमाथि नै टिकेको देखिन्छ। 

कम्पनीको सेयरलाई म्याक्डीमार्फत हेर्दा बुलिस क्रसओभर रहेको छ भने हिस्टोग्राम सकारात्मक रहेको देखिन्छ तर छोटा–छोटा हुँदै गएको देखिन्छ। आरएसआई पनि डेढ महिनादेखि न्युट्रल जोनमा चलेको देखिन्छ। 

तीनवटै इन्डिकेटरमार्फत हेर्दा कम्पनीको सेयरमूल्य हाल साइडवेज चलेको देखिन्छ। 

इचिमोकुका आधारमा 

इचिमोकुका आधारमा पनि यो कम्पनी बुलिस यात्रामा नै चलेको देखिन्छ। मूल्यरेखाहरु क्लाउडको पोजिसनभन्दा माथि–माथि चलेका छन् भने २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउड पोजिसनभन्दा माथि चलेको छ। यसले यो कम्पनी बजार घट्दा पनि बुलिस नै चलेको देखिन्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३– ३६२
  • प्रतिरोध २– ३५५
  • प्रतिरोध १– ३४७

पिभट प्वइन्टः  ३४०

घटेमा सपोर्ट 

  • सपोर्ट १– ३३२ 
  • सपोर्ट २– ३२५
  • सपोर्ट ३– ३१८

निष्कर्ष

तीन अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी रहेको यो कम्पनीको सेयर होल्डिङ सबै सर्वसाधरणमा परिणत भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँमाथि रहेको छ भने अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी र रिटर्न अन इक्विटीमा केही गिरावट आएको छ। 

प्राविधिक रुपमा हेर्दा यो कम्पनीमा फियर एन्ड ग्रिड मिटर तथा इचिमोकुमा बुलिस सेन्टिमेन्टमा रहेको देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विशलेषण कारोबारका लागि सिफारिस भने होइन।