काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकसँग एक्वीजिसनको प्रक्रियामा रहेको इनोभेटिभ डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २२.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । 

असोज १४ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना लगानीकर्तालाई २१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१४ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट यो प्रस्ताव पारित भएपछि घोषित लाभांश लगानीकर्ताले पाउनेछन् । 

इनोभेटिभ डेभलपमेन्ट बैंकको चुक्तापूँजी लाभांश घोषणापछिको समेत जोडी ३५ करोड बढी हुनेछ ।