काठमाण्डौ । गुुगललाई सबै कुरा थाहा हुन्छ भन्ने तपाई सोचिरहनुुभएको छ भने बिल्कुल गलत सोचिरहनुुभएको छ । गुुगल समेत अन्य सर्च इञ्जिनमा तपाईले इन्टरनेटको ५ प्रतिशत विश्व मात्र देख्न पाउनुुहुनेछ । यो विश्वको ९५ प्रतिशत हिस्सा डिप वेब तथा डार्क इन्टरनेटको नामबाट चिनिन्छ । यो एउटा यस्तो विश्व हो, जहाँ तपाई गुुगलजस्ता सर्च इञ्जिनसँग पुुग्न सक्नुुहुन्न । यो विश्व यति धेरै अँध्यारो र कालो छ कि जहाँ तपाई कहिल्यै जान समेत चाहनुुहुँदैन र यस्तो ठाउँमा तपाईले जानुु पनि हुँदैन । 

के हो डीप वेब र डार्क नेट ?
डीप वेब इन्टरनेटको त्यो दुनियाँ भन्दा ५ सय गुणा ठूलो छ, जुन दुनियाँलाई हामीले इन्टरनेट भनेर चिनिरहेका छौ । डीप वेबको डाटामा यूजर डाटाबेस, रजिष्ट्रेसन वेब फारम्स, वेबमेल पेजेस, पेवाल प्रोटेक्टेड पेजेस लगायतका चिजहरु आउँछन्, जसलाई तपाईले गुुगल वा याहू जस्ता सर्च इञ्जिनबाट खोज्न सक्नुुहुन्न । यस्तै, डार्कनेट त्यस्तो वेबसाइट्सको जाल हो, जहाँ सबै गैरकानूनी गतिविधि हुन्छन् । 

खुफिया एजेन्सी पनि हायलकायल
डार्कनेट एउटा यस्तो ठाउँ हो, जहाँ विश्वको लगभग हरेक गैरकानूनी धन्दा अनलाइनमार्फत नै हुन्छ । यो दुनियाँमा हुने हरेक कारोबार द ओनियन राउटर जस्ता डार्क नेट सफ्टवेयरमार्फत व्यवस्थापन गरिएको हुन्छ । योबाट हुने कारोबारलाई कतैबाट पनि ट्रयाक गर्न संभव हुन्न । 

द ओनियर राउटरको प्रयोग गर्नु गैरकानूनी त होइन, तर यसलाई एक्सेस गरेदेखि नै तपाई संदग्धिको सूचिमा पर्नुहुन्छ । यो सफ्टवेयरले प्रयोगकर्ताको पहिचान लुकाउने र उसको अनलाइन गतिविधिलाई गोप्य राख्ने काम गर्छ । विश्वभरका खुफिया एजेन्सीहरु लगातार डार्क नेटमाथि निगरानी त राखिरहेका हुन्छन्, तर उनीहरुमध्ये कसैले पनि यसलाई पूर्ण रुपमा ट्रयाक गर्न सक्दैनन् । यहाँ पेमेन्ट डिजिटलमाध्यमबाट लिइन्छ र जसलाई ट्रयाक गर्न मुश्किल हुन्छ । 

ड्रग्स
डार्कनेटमा ड्रगको खुलेआम तस्करी र कारोबार हुन्छ । सिल्क रोडजस्ता गैरकानूनी वेबसाइट्सको माध्यमबाट यहाँ प्ल्याटफर्ममको लागूऔषधको डिल हुन्छ । अनलाइनबाट कन्साइनमेन्ट र पेमेन्टको कुरा हुन्छ । त्यसपछि ड्रग्स पैसा पठाउने मानिसको ठेगानमा पठाइन्छ । यसैको माध्यमबाट यस्ता मानिस प्रहरी तथा अन्य जाँच एजेन्सीको नजरबाट बच्न सफल हुन्छन् ।

सूचनाको बिक्री
नक्कली पासपोर्ट, चालक अनुमतिपत्र समेत कुनै पनि सरकारी दस्तावेजको नक्कली कपी बनाउने साइटहरुले समेत यहाँ बेफिक्री कारोबार गरिरहेका हुन्छन्, आफ्नो धन्दा चलाइरहेकै हुन्छन् । यस्ता वेबसाइटहरुमा बकाइदा त्यस्तो विज्ञापन दिइन्छ र त्यहाँ भनिएको हुन्छ कि उनीहरु यति उत्कृष्ट ढंगले त्यस्ता कागजपत्र बनाइदिनेछन्, जसलाई नक्कली भनेर सुरक्षा एजेन्सीले पत्ता लगाउनै सक्दैनन् । चोरीको भएको तपाईको क्रेडिट कार्ड वा बैकिंग सूचना समेत यहाँ बिक्री गरिन्छ । यहीकारण यी वस्तुुहरुलाई सधैं सुरक्षित राख्ने बिषयमा ध्यान दिनुपर्छ । 

प्रतिबन्धित हतियार
डार्कनेटबाट प्रतिबन्धित हतियार समेत बिक्री गरिन्छ । यहाँ .२२ क्यालिबरको पेन गन जस्ता हतियार समेत बेफिक्री बिक्री गरिन्छ । यहाँ गनदेखि लिएर पिस्तोल र अन्य गैरकानूनी हतियार समेत मज्जाले खरीद गर्न पाइन्छ । 

ह्याकिङ
विश्वका १५० बढी देशहरुमा हालै भएको साइबर हमलाको नाता समेत डार्कनेटसँग जोडिएको छ । क्षति पुर्याउने मनशायबाट गरिने यस्ता साइबर आक्रमण विश्वको कुनै देशमा बसेर अर्को कुनै देशमाथि गरिन्छ । यति मात्र होइन, डार्कनेटको विश्वका ह्याकर्स आपसमा कयौं आक्रमणको योजना पनि बनाइरहेका हुन्छन् । 

फिरौति
डार्कनेटमा कयौं यस्ता वेबसाइटहरु पनि छन्, जसले फिरौति तथा मानिस मार्ने सुपारी(ठेक्का) लिने काम पनि गर्छन् । पैसा पाएपछि यो ठाउँमा कसैलाई मार्ने वा मार्न लगाउने काम समेत खुलेआम डार्कनेटमार्फत नै हुन्छ ।