काठमाण्डौ । इन्टरनेट एउटा यस्तो प्ल्याटफर्म हो, जसले पूरा विश्वलाई आफ्नो नजिक बनाइदिएको छ । इमेल तथा भिडियोसहित केही चिजहरु इन्टरनेटको दुनियाँमा निःशुल्कै प्रयोग गर्न पाइन्छ भन्ने कुरा तपाई हामीलाई थाहा भएकै कुरा हो । तर अर्कोतर्फ यही इन्टरनेटमा यस्ता चिजहरु पनि छन्, जसलाई प्रयोग गर्न मानिस पैसा तिरिरहेका हुन्छन्, तर त्यस्ता चिजहरु निःशुल्कै प्रयोग गर्ने खास तरिका समेत हुन्छ । आज हामी तपाईलाई यस्तै चिजहरुको बिषयमा बताउन गइरहेका छौ, जसलाई इन्टरनेटमा निःशुल्कै प्रयोग गर्न पाइन्छ ।
टाइम म्यागेजिनले यो लिस्ट एक विशेष वेबसाइटको मद्धतबाट बनाएको खबरमा बताइएको छ । यदि तपाई प्रत्येक दिन इन्टरनेट प्रयोग गरिरहनुुभएको छैन भने त अझ तपाईलाई यो फ्रि लिस्ट थाहा पाएर आश्चर्य लाग्न सक्छ । आउनुहोस्, जानीराखौं यस्तै सूचिको बिषयमा :
ट्यूूशन
अमूमन अनलाइन ट्यूूसन शुल्क तिर्नुपर्ने अनलाइन मानिन्छ । विश्वभर अन्य यस्ता अनलाइनहरु पनि छन्, जसले तपाईलाई निश्चित पैसा लिएर अनलाइन ट्यूसन पढाउने गर्छन् । तर तपाईले अनलाइनबाट फ्रिमै ट्यूसनको सेवा समेत पाउन सक्नुुहुन्छ । उदाहारणका लागि khanacademy.org मा गएर तपाईले निःशुल्क ट्यूसन पढ्न सक्नुुहुन्छ ।
विदेशी भाषा
तपाई इन्टरनेटमा विदेशी भाषाहरु समेत निःशुल्क रुपमै सिक्न सक्नुुहुुन्छ । धेरै वेबसाइटहरुले पूर्ण रुपमा तपाईलाई निःशुल्क सेवा दिन्छन् । उदाहरणका लागि तपाई en.duolingo.com मा गएर यो सेवा लिन सक्नुुहुन्छ ।
प्रोडक्टिभ सफ्टवेयर
तपाईले इन्टरनेटबाट Adobe Creative Suite जस्ता सफ्टवेयर पनि निःशुल्कै प्राप्त गर्न सक्नुुहुन्छ । यसबाहेक धेरै विन्डोज सफ्टवेयरहरु पनि तपाईलाई निःशुुल्कै प्राप्त हुन्छ । उदाहरणका लागि तपाई libreoffice.org, openoffice.org मा लगइन गरी यो सेवा लिन सक्नुुहुन्छ ।
किताब पनि निःशुल्क
इन्टरनेटमा आफूलाई आवश्यक पर्ने पुस्तक समेत पूर्ण रुपमा निःशुुल्क पाउन सकिन्छ । यदि तपाईको साथमा स्मार्टफोन छ भने इरिडरको माध्यमबाट यो सेवा पाउन सकिन्छ । उदाहरणका लागि तपाई gutenberg.org लगइन गर्न सक्नुुहुन्छ ।
फिल्म
किताब बाहेक तपाईले पुरानो फिल्महरु समेत इन्टरनेटमा निःशुल्क पाउन सक्नुुहुन्छ । यस अलावा तपाईलाई यदि चर्चित डकूमेन्टीहरु हेर्न मन लाग्यो भने यो पनि कतिपय प्लेटफर्ममा निःशुल्क पाइन्छ । यी केही वेबसाइटबाट तपाईले यो सुविधा पाउनुुहुनेछ:
Archive.org, documentaryheaven.com, YouTube.com, Metropolis.com
क्लाउड स्टोरेज
यो एउटा यस्तो स्टोरेज हो, जहाँ तपाईले आफ्नो डिजिटल डाटा राख्नुुुहुन्छ र जहिले जहाँ चाहियो, त्यहाँ खोलेर प्रयोग गर्न सक्नुुहुन्छ । डाटा राख्नका लागि तपाईलाई कुनै चिप वा डिभाइसको आवश्यकता पर्दैन । धेरै कम्पनीले तपाईबाट यस्तो स्टोरेजको चार्ज लिन्छन्, तर केही ठाउँ यस्ता पनि छन्, जहाँ गएर तपाईले यो सेवा निःशुल्क पाउन सक्नुुहुन्छ । यसका लागि यी
वेबसाइटमा जानुहोस् :Microsoft.com, Google.com, Dropbox.com
कोडिङ ल्याङ्ग्वेज
सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा ठूलो माग कोडिङ गर्ने व्यक्तिको हुन्छ । यदि तपाईलाई इन्टरनेटको भिन्ना भिन्नै भाषाको कोडिङ आउँछ भने तपाईलाई जागिरको कहिल्यै कमी हँदैन । यस्तो सेवा समेत फ्रिमै पाइन्छ । त्यसका लागि यी वेबसाइटहरुमा जानुुहोस् : hourofcode.com, ullstackacademy.com, learnpythonthehardway.org
चर्चित कलेजको कोर्स सामाग्री
विश्वभरका चर्चित कलेजहरु जस्तै, MIT, Harvard, and Yaleले तपाईलाई निःशुल्कै कोर्स म्याटेरियल उपलब्ध गराउँछन् । धेरै वेबसाइटहरुले यसका लागि शुल्क लिन्छन्, तर तपाईले यी सामाग्रीलाई निःशुल्कै पनि पाउन सक्नुुहुन्छ । त्यसका लागि यी वेबसाइटमा जानुुहोस् : coursera.org, academicearth.org
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago