काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटले अधिकांश वित्तीय सूचकमा आकर्षक छलाङ मारेको छ । दोस्रो त्रैमासमा संस्थाले गत आर्थिक वर्षको यही अवधिमा तुलनामा १५८.१६ प्रतिशत बढीले खुद नाफा आर्जन गर्न सफल भएको छ ।

संस्था दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले ३ करोड ३४ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड २९ लाख रुपैयाँमा सीमित थियो ।

समीक्षा अवधिमा संस्थाले ५ करोड ३१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष संस्थाले २ करोड ३ लाख रुपैयाँमात्र सञ्चालन मुनाफा गरेको थियो । 
यस्तै संस्थाले यो अवधिमा ७ करोड ८१ लाख रुपैेयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ९० लाख रुपैयाँमात्र खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले ६१ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ३९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यसैगरी संलग्ने रिजर्भको अकार २७०.८५ शतप्रतिशतले बढाएको छ । गत वर्ष यही अवधिमा १ करोड ८३ लाख रुपैयाँ रहेको रिभर्जमा अहिले बढेर ६ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी २२ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी १४ करोड रुपैयाँ रहेको थियो । 
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी २९.३४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १९.१५ रुपैयाँ रहेको छ ।