काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा गत वर्ष यही अवधिको तुलनामा खुद नाफा ३५.३८ प्रतिशतले बढाउन सफल भएको छ।

सोमबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाले खुद नाफा २ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ६१ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड  ३ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा सञ्चालन मुनाफा २ करोड ५५ लाख रुपैयाँ रहेको थियो। 

प्रथम त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत ३ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा ३ करोड ९२ लाख रुपैयाँ थियो।

संस्थाले समीक्षा अवधिमा २ अर्ब १६ करोड रुपैयाँ सापटी लिई २ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा ८० करोड ६१ लाख रुपैयाँ सापटी लिई १ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाले रिजर्भको आकार पनि ४१.६४ प्रतिशतले बढाएर १२ करोड २४ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार ८ करोड ६४ लाख रुपैयाँको थियो।

संस्थाको चुक्तापुँजी २२ करोड ८१ लाख रुपैयाँ रहेको छ। 

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३८.२३ रुपैयाँ रहेको संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २०.७० गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ १५३.६८ रुपैयाँ रहेको छ।