काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले हाल कायम चुक्तापुँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३ करोड ४२ लाख २१ हजार रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १४.२५ प्रतिशतले हुन आउने ३ करोड २५ लाख ९ हजार ९५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतले हुन आउने १७ लाख ११ हजार ५० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।