काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ९४.०६ प्रतिशतले बढाउन सफल भएको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले दोस्रो त्रैमासमा ६ करोड ४९ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफाबापत ८ करोड ८९ लाख रुपैयाँ रहेको छ। गत वर्ष यस्तो मुनाफा ५ करोड ३१ लाख रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी १० करोड ८८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी ७ करोड ८१ लाख रुपैयाँमा सीमित थियो। 

संस्थाले १ अर्ब ९२ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वष यही अवधिसम्म संस्थाले १ अर्ब १५ करोड निक्षेप संकलन गरी १ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार भने १४.२५ प्रतिशतले बढेर १० करोड ७१ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ६ करोड ७८ लाख रुपैयाँ थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४९.८४ रुपैयाँ रहेको छ। पीई रेसियो २०.८५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ रहेको छ।