काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत चालु आर्थिक वर्षको चौथो त्रैमासमा १२ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १६५.९० प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ४ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाले १८ लाख ६५ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १४७.८४ प्रतिशतले बढी हो। यस्तो मुनाफा अघिल्लो वर्ष ७ करोड ५२ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले २७ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १५ करोड ५१ लाख रुपैयाँ थियो।

संस्थाले २ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले १ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी  १ अर्ब ९५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

संस्थाको रिजर्भको आकार १११.७० प्रतिशतले बढेर १६ करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ७ करोड ८३ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी २६ करोड ६ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४८.३७ रुपैयाँ रहेको छ। पीई रेसियो ३७.०३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६३.६४ रुपैयाँ रहेको छ।