काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त स्वतन्त्र सञ्चालक महेश्वरप्रसाद जोशीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। 

संस्थाको सञ्चालक समितिको गत असोज ७ गते बसेको बैठकले जोशीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको थियो। उनले शनिबार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ (३) बमोजिम सपथ ग्रहण गरेका हुन्। 

नवनियुक्त स्वतन्त्र सञ्चालक जोशीलाई संस्थाका अध्यक्ष बलराम विष्टले सपथ ग्रहण गराएका थिए। 

सपथ ग्रहण कार्यक्रममा संस्थाका अध्यक्ष, सञ्चालक र संस्थापकले स्वागत तथा शुभकामना व्यक्त गरेका थिए।