काठमाण्डौ । नेशनल माइक्रोफाइनान्सले खूद मुनाफामा छलाङ मारेको छ । योसँगै इपीएसमा समेत लोभलाग्दो प्रगति देखिएको छ । 

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ९ करोड २७ लाख खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४.२९ प्रतिशतले बढी हो । 

अघिल्लो वर्ष यही अवधिमा ९ करोड ४४ लाखमा सीमित संचालन मुनाफातर्फ पनि निकै राम्रो प्रगति गरी १४ करोड ५७ लाखको उचाई चुमाएको यो कम्पनीले १२ करोड १३ लाखमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर १८ करोड ३८ लाखको उचाईमा पुर्याएको छ । 

समीक्षा अवधिमा १ अर्ब २१ करोड निक्षेप संकलन गरी तथा २ अर्ब १३ करोड बढी सापटी लिएर ३ अर्ब ४७ करोड बढी कर्जा परिचालन गरेको छ।

अघिल्लो वर्षको यही अवधिमा ६० करोड ८२ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ५३ करोड सापटी लिएर २ अर्ब २२ करोड बढी कर्जा परिचालन गरेको थियो ।

कम्पनीले आफ्नो रिजर्बलाई समेत थप मजबुत बनाएको छ । अघिल्लो वर्ष यही अवधिमा १८ करोड ८ लाखमा सीमित कोषको आकार बढी २० करोड २२ लाख पुगेको छ ।

अघिल्लो वर्ष १.३० प्रतिशतको अनुपातमा रहेको  खराब कर्जा बढेर १.५७ प्रतिशतको उचाईमा पुगेको छ भने ५३.११ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) बढेर ८१.९४ रुपैयाँको उचाईमा पुगेको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २३४.०३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.०८ गुणा कायम भएको छ ।