काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले बैशाख २० गतेदेखि इलाम शाखाबाट कारोबार थालेको छ ।
ईलाम नगरपालिका वडा नं. ०७, निकुञ्जपथमा रहेको यस शाखा बैंकको १०८ औं शाखा हो ।
यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र बैंकासुरेन्स सेवा लिन सकिने बैंकले जनाएको छ ।
ईलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी, व्यवसायी तथा सर्वसाधारणमा सहज बैंकिङ्ग सेवा पुर्याउने पहल स्वरुप स्थापना गरिएको यस शाखाबाट ताप्लेजुङ शाखाका ग्राहकहरुका साथै यस पयर्टकीय क्षेत्रमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्नसक्ने बताइएको छ ।
यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखारहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19