– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार बढ्यो भने १ दिन घटेको छ।
गत साता १८५८.४९ मा बन्द भएको बजार यो साता १९२२.१६ मा बन्द भएको छ। यो हिसाबले बजारमा ६४.१६ अंकले बढोत्तरी भएको छ।
यो साताको ४ कारोबारमा सेयर बजारमा २ अर्ब ९३ करोड १८ लाखबराबर सेयर किनबेच भएको छ। गत साता २ अर्ब ४२ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। यस हिसाबले बजारमा यो साता करोबार र सूचक दुवै बढेको छ।
इलिअट वेभका आधारमा
इलिअट वेभको आधारमा पछिल्लोपटक बजारले बनाएको न्यून विन्दु १८०६ लाई आधार मानेर हेर्दा माइनर डिग्रीअन्तर्गत वेभ १ मा १९१० सम्म, वेभ २ मा करेक्सन भएर १८३५ सम्म, वेभ ३ मा बढोत्तरीका साथ १९५६ सम्म र हालको करेक्सन १९०६ सम्म बजार आउन सक्छ। त्यसैगरी वेभ ५ मा बढोत्तरीका साथ बजार २०२२ सम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
साप्ताहिक चार्टमा बोलिंगर ब्यान्डमार्फत बजारलाई हेर्दा यो साता बजारले मध्य ब्यान्डमा हरियो मारुबुजु क्यान्डलसहित प्रतिरोध सामना गरेको देखिन्छ। यसअघि साप्ताहिक चार्टमै १३ साताअघि बजारले बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा नै बजारले प्रतिरोध सामना गरेको थियो। यस हिसाबले हेर्दा बजारले पुनः १३ सातापछि हरियो मारुबुजु क्यान्डलसहित मध्य ब्यान्डमै प्रतिरोध सामना गरेको छ।
यदि आगामी कारोबारमा यो ब्यान्डलाई ब्रेक गरेर बजार माथि गएमा अप ट्रेन्ड समात्दै गरेको मान्न सकिन्छ।
म्याक्डीमार्फत बजारलाई हेर्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्रामहरु पोजिटिभ र लामा–लामा नै छन्।
साप्ताहिक रुपमै आरएसआईलाई हेर्दा ओभर सोल्ड जोन २५ को तहमा पुगेर हाल ४० को विन्दुमा बढ्दो गतिमा रहेको छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट: १८७२
घटेमा सपोर्ट
निष्कर्ष
साप्ताहिक रुपमा विश्लेषण गर्दा यो साता सेयर बजारमा कारोबार र सूचक दुवैमा बढोत्तरी आएको देखिन्छ। बजारमा कारोबार र भोलुम बढ्नु सकरात्मक पक्ष देखिन्छ। प्राविधिक रुपमा बजारको अवस्थालाई हेर्दा साप्ताहिक बोलिंगर ब्यान्डको क्यान्डलहरुमा बजारलाई हेर्दा १३ सातापछि पुनः मध्य ब्यान्डमा हरियो मारुबुजु क्यान्डल बनेको छ। यसले बजार न्यून विन्दुबाट फर्केको देखिन्छ।
इलिअट वेभको माइनर डिग्रीमार्फत बजारलाई हेर्दा हाल वेभ ४ मा करेक्सन चलेको र यो करेक्सन् १९०० सम्म आउन सक्ने तथा पुनः बढोत्तरीका साथ २०२२ सम्म पनि बजार पुग्न सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago