– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर लगानीकर्ताका लागि सन् २०२२ खासै फलदायी साबित भएन। सन् २०२२ मा विश्व सेयर बजारमै भारी गिरावट आएको छ। नेपालको सेयर बजारले पनि यो वर्ष ओरालो यात्रा तय गरेको छ।
लगानीकर्ताका लागि वर्ष २०२२ निकै पीडादायी भयो। यो वर्षको जनवरी २ मा नेप्से परिसूचक २५८१ को विन्दुमा कारोबार भएको थियो। त्यसपछि बजार गत २४ जुनमा पछिल्लो बुलको न्यून विन्दु १८०६ सम्म झर्यो।
निकै उतारचढावबीच नेप्से गत १ अगस्टमा २२२२ सम्म पुगेको थियो। यो वर्षको अन्तिम कारोबार दिन २९ डिसेम्बरमा बजार २०२९ को विन्दुमा बन्द भएको छ। यो हिसाबले नेप्से वर्ष २०२२ मा झन्डै ५५२ अंकले घटेको छ।
इलिअटमार्फत हेर्दा कस्तो ?
सन् २०२२ लाई इलिअट वेभमार्फत हेर्दा यो वर्ष करेक्सन अर्थात इन्टरमिडियट डिग्रीको वेभ (२) तथा माइनर वेभको ‘ए’, ‘बी’ र ‘सी’ चलेको बुझ्न सकिन्छ। फलस्वरुप बजार १८०६ सम्म आएको थियो। यदि यो नै अन्तिम बटम रहेको अवस्थामा भने अबको बजार इन्टरमिडियटको वेभ (थ्री) तथा प्राइमरी र साइकल डिग्रीको पनि ‘थ्री’मै चल्ने देखिन्छ। अर्थात् बजार ‘थ्री अफ थ्री’मा चल्ने देखिन्छ।
यो चक्र पूरा हुन करिब २ वर्ष लाग्न सक्छ। प्राइमरी डिग्री र साइकल डिग्री केही लामो समय चल्ने भए पनि इन्टरमिडियट डिग्रीको वेभ (३) यो वर्षभरिमा ३६०० देखि ४००० सम्म बजार पुग्न सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिम हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago