काठमाण्डौ । भारतको बैंगलोरस्थित अल्ट्राभायोलेट अटोमोटिभ प्रालिले भारतमै बनेको इलेक्ट्रिक बाइक ‘एफ–७७’ लन्च गरेको छ ।
यो बाइकको भारतमा नोभेम्बर १३ तारिखदेखि प्रिबुकिङ सुरु भएको छ । लन्च गर्नुअघि नै भारतमा १०० यो बाइक बुकिङ भइसकेको छ । यो बाइकको डेलिभरी सन् २०२० बाट मात्र हुनेछ ।
एफ–७७ बाइकको सुरुआत मूल्य भारु ३ लाखदेखि ३.५ लाख हुन सक्नेछ ।
यो बाइकमा २३ केडब्लूएच इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसले ३३.५ एचपी पावरमा २२५० आरपीएम र ४५० न्युटन मिटरको टर्क उत्पादन गर्न सक्छ ।
एफ–७७ बाइक २.८९ सेकेन्डमै ० देखि १०० किलोमिटर रफ्तार दिन सक्छ । यो बाइकको टप स्पिड १४७ किलोमिटर प्रतिघन्टा रहेको छ ।
कम्पनीको दाबी छ कि एफ–७७ बाइक फुल चार्ज गर्न केवर भारु १६ रुपैयाँको इलेक्ट्रिसिटी खर्च लाग्नेछ । यो बाइक फुल चार्जमा १५० किलोमिटरसम्म कुदाउन सकिनेछ ।
यो बोइकको ब्रकमा डुअल च्यानल एबीबी सिस्टम जडान गरिएको छ । बाइक थ्रीजी र टुजी केआरको एटीई कनेक्टिभिटीका साथ आउनेछ ।
एफ–७७ बाइकको चार्जिङ समय ५ घन्टा रहेको छ । तर यसलाई फास्ट चार्जरको मद्दतले केवल डेढ घन्टामै फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
एफ–७७ बाइकमा तीनवटा ड्राइभ मोड इको, स्पोर्ट र इनसेन पाइनेछ । –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago