 
                     
                                
                             
                                    काठमाण्डौ । विद्युतीय गाडी (ईभी)हरु इको–फ्रेन्डली हुन्छन् भन्ने हामीलाई लाग्छ। तर, यो पूर्ण रुपमा सत्य होइन।
सोसाइटी अफ रेअर अर्थका अनुसार एउटा इलेक्ट्रिक कार बनाउन प्रयोग हुने ५७ केजी कच्चा पदार्थ (८ केजी लिथियम, ३५ केजी निकल, १४ केजी कोबाल्ट) जमिनबाट निकाल्दा ४२७५ केजी एसिड फोहोर र ५७ केजी रेडियोएक्टिभ अवशेष उत्पादन हुन्छ। त्यहीँ एउटा इलेक्ट्रिक कार बनाउन ९ टन कार्बन उत्सर्जन हुन्छ। जब कि पेट्रोल कारमा ५.६ टनमात्र कार्बन उत्सर्जन हुन्छ।
इलेक्ट्रिक कारले १३ हजार ५०० लिटर पानी खपत गर्छ। जब कि पेट्रोल कारमा ४ हजार लिटरमात्र पानी खपत हुन्छ।
रिकार्डो कन्सल्टेन्सीका अनुसार यदि इलेक्ट्रिक कार कोइलाबाट उतपादित बिजुलीबाट चार्ज गरिन्छ भने १.५ लाख किलोमिटर ड्राइभ गर्दा पेट्रोल कारको तुलनामा २० प्रतिशत कम कार्बनमात्र उत्पादन हुन्छ। भारतमा ७० प्रतिशत बिजुली कोइलाबाट उत्पादन गरिन्छ। अस्ट्रेलियामा गरिएको अनुसन्धानले भन्छ, ‘३३०० टन लिथियम फोहोरमध्ये २ प्रतिशतमात्रै रिसाइकल हुन्छ र ९८ प्रतिशतले प्रदूषण फैलाउँछ।’
एरिजोना विश्वविद्यालयको इकोलोजी विभागका एमेरिटस प्रोफेसर गाय म्याकफर्सनका अनुसार लिथियम संसारको सबैभन्दा हल्का धातु हो। ‘यसले इलेक्ट्रोनहरु धेरै सजिलै छोड्छ। यस कारणले गर्दा यो प्रायः इलेक्ट्रिक गाडीको ब्याट्रीहरुमा प्रयोग गरिन्छ। लिथियमलाई हरियो इन्धनका रुपमा लिइन्छ। तर, यसलाई जमिनबाट निकाल्दा वातावरणका लागि ३ गुणा बढी विषाक्त हुन्छ।
लिथियमको ९८.३ प्रतिशत ब्याट्री प्रयोगपछि खाडलमा गाडिन्छन्। जब यो पानीको सम्पर्कमा आउँछ यसले प्रतिक्रिया जनाउँछ र आगलागी हुन्छ।
सन् २०१७ को जुनदेखि डिसेम्बर २०२० सम्म अमेरिकाको उत्तरपश्चिम प्रशान्त क्षेत्रमा एउटा खाडलमा यी ब्याट्रीबाट आगलागीका १२४ घटना भएको प्रोफेसर म्याकफर्सन बताउँछन्।
यतिमात्र होइन जर्मनीको आईएफओ थिंक ट्यांकले गरेको अनुसन्धानअनुसार मर्सिडिज सी२२०डी सेडानले प्रतिकिलोमिटर १४१ ग्राम कार्बन उत्सर्जन गर्छ भने टेस्ला मोडल ३ मा १८१ ग्राम कार्बन उत्सर्जन हुन्छ।
यदि संसारभरका सबै २०० मिलियन कारलाई ईभीमा रुपान्तरण गरियो भने असीमित एसिड फोहोर उत्पन्न हुनेछ। यो अवस्थासँग जुझ्न असम्भवप्रायः देखिन्छ।
सबै पेट्रोल–डिजेल कार ईभीमा रुपान्तरण गर्दा प्रदूषण समाधान हुन्छ ?
एमआईटी इनर्जी इनिसिएटिभका अन्वेषकहरुका अनुसार संसारमा करिब २० करोड सवारीसाधन छन्। जसमध्ये १ करोडमात्रै विद्युतीय छन्। यदि सबैलाई ईभीमा रुपान्तरण गरियो भने तिनीहरुबाट निस्किने एसिड फोहोरलाई हटाउने पर्याप्त साधन छैनन्। यस्तो अवस्थामा सार्वजनिक यातायात बढाएर र निजी कार घटाएरमात्र हरितगृह ग्यासको उत्सर्जन घटाउन सकिन्छ।
किन पेट्रोल कारभन्दा ईभी राम्रो ?
एउटा पेट्रोल कारले प्रतिकिमी १२५ ग्राम कार्बन उत्पादन गर्छ र कोइलाबाट चल्ने इलेक्ट्रिक कारले प्रतिकिमी ९१ ग्राम कार्बन उत्पादन गर्छ। 
इन्टरनेसनल काउन्सिल अन क्लिन ट्रान्सपोर्टेसनका अनुसार युरोपमा ६९ प्रतिशत कम कार्बन हुने ईभीहरु छन्। किनकि त्यहाँ ६० प्रतिशत बिजुली नवीकरणीय ऊर्जाबाट आउँछ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19