काठमाण्डौ । सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको दुुई म्युुचुुअल फण्डहरु उकालो गएका छन् । 

पाँच वर्षे बन्दमुखी योजना सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-१ को प्रति इकाई खुद सम्पत्ति मूल्य(न्याभ) बढेको छ । असार मसान्तसम्म यो स्कीमको प्रति इकाई खूद सम्पत्ति मूल्य २६.९५ रुपैयाँ रहेकोमा साउन मसान्तसम्म बढेर २७.९० रुपैयाँको उचाईमा पुुगेको छ । २०७४ पुस ९ गते समाप्त हुने यो स्किमले साउन मसान्तसम्म सूचिकृत सेयरमा ७९ करोड ७० लाख, बैंक मुद्धती निक्षेपमा ३० करोड, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा १ करोड ५१ लख लगानी गरेको छ। 

साउन मसान्तसम्म यो स्कीम ४ करोड ७३ लाख नाफामा छ । 

यो स्किमले सबैभन्दा बढी कित्ता मेगा बैंक लिमीटेडले ४५ हजार ७६ कित्ता सेयर खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा धेरै लगानी एनएलजी इन्स्योरेन्समा ४ करोड ५२ लाख ७५ हजार रहेको छ । 

सिद्धार्थ क्यापिटलकै प्रवद्र्धनमा संचालित ५ वर्षे अर्को बन्दमुखी म्युुचुुअल फण्ड सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमको पनि प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) बढेको छ । असार मसान्तसम्म यो स्किमको न्याभ १५.४० रुपैयाँ रहेकोमा बढेर साउन मसान्तसम्म १६.०५ रुपैयाँ कायम भएको हो । 
यो अवधिसम्म यो स्किमले सूचिकृत सेयरमा १ अर्ब १० करोड ८३ लाख बढी लगानी गरेको छ । बैंक मुद्धती निक्षेपमा ३५ करोड रहेको छ भने ऋणपत्र तथा बण्डमा २ करोड ६० लाख र सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा १ करोड ४४ लाख लगानी रहेको छ । 

साउन मसान्तसम्म यो स्किमले ६ करोड ५० लाख बढी आम्दानी गरेको छ । 

यो अवधिसम्म सबैभन्दा धेरै एनएमबी सुुलभ इन्भेष्टमेन्ट फण्ड १ को २ लाख ९७ हजार इकाई खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा धेरै लगानी नवील बैंक लिमीटेडमा रहेको छ । यहाँ स्किमले ६ करोड ९७ लाख बढी लगानी गरेको छ ।