काठमाण्डौ । नेपाली बजार बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७०० रुपैयाँमा किनबेच भएको थिो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।