काठमाण्डौ । नेपाली लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८, समारोहमा विकास बैँकतर्फ महालक्ष्मी विकास बैँक लिमीटेडले प्रथम स्थान प्राप्त गरी सो अवार्ड हासिल गर्न सफल भएको छ । 

एक समारोहका बीच अर्थमन्त्री डा.युवराज खतिवडाले बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरे । 

आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ठ वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायहरुलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ठ वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाको रुपमा लिइन्छ ।