काठमाण्डौ । उत्पादन कटौती गर्ने निर्णयको सम्भावना विश्व बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ।
कच्चा तेलको मूल्य सोमबार प्रतिब्यारेल करिब डेढ डलरले बढेको छ। आज बिहान ब्रेन्ट तेलको भाउ १.५१ प्रतिशत अर्थात १.४० डलरले बढेर प्रतिब्यारेल ९४.४१ डलरमा कारोबार भइरहेको छ।
त्यस्तै डब्ल्यूटीआई कच्चा तेल १.४ प्रतिशत अर्थात १.२५ डलरले बढेर प्रतिब्यारेल ८८.१२ डलरमा कारोबार भइरहेको छ।
कच्चा तेलको मूल्यमा उछाल आउनुको मुख्य कारण रुपमा ओपेक प्लस देशहरुको बस्न लागेको बैठकलाई लिइएको छ। यो बैठकमा तेल उत्पादक राष्ट्रहरुले उत्पादन कटौती गर्ने निर्णय गर्न सक्ने सम्भावना रहेको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19