काठमाण्डौ । उन्नति माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई ४०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने र २० प्रतिशत हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित गरेको छ । 

कम्पनीको चौथो वार्षिक साधारणसभाले आफूलाई राष्ट्रिय स्तरमा रुपान्तरण गर्ने निर्णय समेत गरेको छ । 

कम्पनीले २०७५ असार मसान्तसम्म कायम चुक्तापूँजीको ४०.५० प्रतिशत बोनस सेयर स्वीकृत गरेको छ भने सोही हदसम्म जारी पूँजी तथा चुक्तापूँजी वृद्धिको विशेष प्रस्ताव समेत पारित गरेको छ । 

बोनस सेयर र हकप्रदपछि कायम चुक्तापूँजी ८ करोड ८२ लाखको २० प्रतिशतको दरले पुनः हकप्रद सेयर निश्कासनको विशेष प्रस्ताव समेत पारित भएको छ । 

वार्षिक साधारणसभाले संचालक समितिमा संस्थापकको तर्फबाट केशवप्रसाद शर्मालाई तथा सर्वसाधारणको तर्फबाट कृष्णप्रसाद गौतम र राजन तिवारीलाई निर्वाचित गरेको छ ।