काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २ करोड ५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको नाफाभन्दा यो वर्षको नाफामा २१.३० प्रतिशतको प्रगति हो  । अघिल्लो वर्ष यो कम्पनीले १ करोड ६९ लाख खूद नाफा आर्जन गरेको थियो । 

यस्तै, २ करोड ९० लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ३ करोड १५ लाखको उचाईमा पुगेको छ भने १ करोड ४८ लाखमा सीमित रिजर्बमा १३७.५६ प्रतिशतको बढोत्तरी गरी ३ करोड ५१ लाखको उचाईमा पुर्याएको छ । 

समीक्षा अवधिमा उन्नतिले ३३ करोड ३५ लाख निक्षेप संकलन गरी तथा ८५ करोड २४ लाख सापटी लिई १ अर्ब बढी कर्जा परिचालन गरेको छ ।

अघिल्लो वर्ष १५ करोड ३४ लाख निक्षेप संकलन गरी तथा ४६ करोड ८५ लाख सापटी लिई ५७ करोड ७८ लाख बढी कर्जा परिचालन गरेको छ । 

कम्पनीमा खराब कर्जाको अनुपात ०.६२ प्रतिशत रहेको छ भने समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३७.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.९६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.२३ गुणा कायम भएको छ ।