 
                     
                                
                             
                                    काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ६१.७५ प्रतिशतले हुन आउने ४ करोड ५ लाख २३ हजार २०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ३.२५ प्रतिशतले हुन आउने २१ लाख ३२ हजार ८०० रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19