nepal rastra bank
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले उपत्यकाका तीन जिल्लामा बैंकको शाखा संचालनमा अझै कडाई गर्ने भएको छ ।
बैंकमा जाने नाममा मानिसको गतिविधि बढेको र यसले उपत्यकामा कोरोना संक्रमणको चेन ब्रेकमा चुनौति सिर्जना भएको निश्कर्ष निकाल्दै विज्ञहरुले सुझाव दिएपछि राष्ट्रबैंकले शाखा संचालनमा थप कडाई गर्ने भएको हो ।
काठमाण्डौ उपत्यकाका तीन जिल्लामा अब सबै खालका बैंक तथा वित्तीय संस्थाहरुले अत्यन्त न्यून शाखा मात्र खोल्न पाउनेछन् । यो विषयको सर्कुलर राष्ट्रबैंकले सोमबार जारी गर्ने तयारी गरिरहेको छ ।
राष्ट्रबैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार काठमाण्डौ जिल्लामा वाणिज्य बैंकहरुले दैनिक रुपमा मुख्य कार्यालय र ३ वटा शाखा मात्र खोल्न पाउनेछन् । यस्तै, ललितपुरमा २ र भक्तपुरमा एउटा शाखा मात्र खोल्न पाइनेछ ।
यस्तै, विकास बैंकहरुले केन्द्रीय कार्यालय बाहेक काठमाण्डौमा २ शाखा र ललितपुर तथा भक्तपुरमा १ १ शाखा मात्र खोल्न पाउनेछन् ।
बित्त कम्पनीहरुले भने मुख्य कार्यालयबाहेक उपत्यकाका तीनवटै जिल्लामा एउटा शाखा मात्र खोल्न पाउनेछन् ।
'हाम्रो यो निर्देशनपछि उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाका कुनै निश्चित शाखा कम्तीमा सातामा एकपटक मात्र खुल्ने अवस्था बन्नेछ ।' प्रवक्ता ढकालले भने-'यसले बैंक आउने र जाने नाममा हुने मानवीय गतिविधि र त्यसबाट हुनसक्ने संक्रमणको जोखिम न्यून हुन्छ भन्ने हाम्रो ठहर हो ।'
पछिल्लो समय निषेधाज्ञामा कडाई गरिए पनि बैंक जाने र आउने नाममा मानिसहरुको गतिविधि बढेको, साच्चिकै काम परेर भन्दा पनि घरबाट बाहिरै निस्किने उद्देश्यले बैंकको नाम भजाउँदै मानिसहरु हिँड्न थालेका देखिएको राष्ट्रबैंकको भनाई छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago