काठमाण्डौ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भोलि शुक्रबारदेखि उपत्यकामा थप कडाइ गरिँदैछ। 

भीडभाड नियन्त्रण गर्न जिल्ला प्रशासनले किराना पसलसम्म खोल्नसमेत नदिने भएको छ। अत्यावश्यकबाहेक अन्य ठप्प रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरु पनि सीमित संख्यामा मात्र खोल्न दिइएको छ। 

नेपाल राष्ट्र बैंकले हालै निर्देशन जारी गर्दै उपत्यकामा वाणिज्य बैंकहरुका ६ शाखामात्र खोल्न भनेको छ। जसअनुसार काठमाण्डौ जिल्लामा ३, ललितपुर र भक्तपुरमा एउटामात्र शाखा वाणिज्य बैंकहरुले खोल्न पाउनेछन्। 

यसैगरी विकास बैंकलाई ४ र वित्त कम्पनीलाई ३ वटामात्रै शाखा खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकालका अनुसार विकास बैंकले काठमाण्डौ जिल्लामा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरी जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक–एक वटा शाखा गरेर जम्मा ३ वटामात्रै शाखा खोल्न पाउनेछन् ।

यी स्थानमा शुक्रबार (जेठ १४ गते) खुल्नेछन् वाणिज्य बैंक तथा विकास बैंकका शाखाहरु –

नोट : जेठ १४ गते बैंकका शाखाहरु खुला हुने यो सूची बिहीबार राति ७ः३० बजेसम्म सम्बन्धित वाणिज्य बैंक तथा विकास बैंकहरुको फेसबुक पेज र वेबसाइटमा राखिएको सूचनाका आधारमा तयार पारिएको हो।