काठमाण्डौ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह ह्वात्तै बढेको छ। 

पछिल्लो दुई साताको तथ्यांक हेर्ने हो भने २७ वटा वाणिज्य बैंकले ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन्। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार गत साता (पुस १० गते) सम्म बैंकहरुले १७ अर्ब रुपैयाँ कर्जा गरेका छन्। अघिल्लो साता (पुस ३ गते) सम्म बैंकहरुले २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 

संघका अनुसार गत मंसिर २६ गतेसम्म कुल कर्जा ३१ खर्ब १ अर्ब रुपैयाँ रहेकोमा पुस १० गतेसम्म बढेर ३१ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ।

अहिले घर, जग्गा, गाडी र कृषि क्षेत्रमा वाणिज्य बैंकहरुले ऋण लगानी बढाएका छन्। केन्द्रीय बैंकले पनि स्थिर ब्याज कार्यान्वयनमा ल्याएपछि घरजग्गा खरिदका लागि कर्जा लिनेहरुको संख्या पनि बढ्न थालेको बैंकहरु बताउँछन्। यस्तो स्थिर ब्याजदर ७ वर्षसम्म परिवर्तन पाइँदैन। 

यसैगरी अधिकांश बैंकले कर्जाको ब्याजदर घटाएका छन्। जसका कारण पनि कर्जा प्रवाह बढेको बताइन्छ। 

गता साता बैंकहरुको निक्षेप संकलन १२ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो साता भने बैंकहरुले २३ अर्ब रुपैयाँले निक्षेप संकलन बढाएका थिए। पछिल्लो दुई सातामै बैंकहरुले ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै कुल ३७ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएका छन्।