 
                     
                                
                             
                                    काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण आगामी दिनमा विश्वभर ३० करोड मानिसको रोजगारी गुम्ने सम्भावना देखिएको छ।
अमेरिकी बैंक गोल्डम्यान साक्सको रिपोर्टमा एआईले ३० करोड मानिसको रोजगारी प्रतिस्थापन गर्न सक्ने दाबी गरिएको हो। प्रतिवेदनमा भनिएको छ, ‘एआईले भविष्यमा अमेरिका र युरोपमा एक चौथाइ रोजगारी हटाउन सक्छ। तर, यससँगै नयाँ रोजगारीको सम्भावना पनि उत्पन्न हुन सक्छ।’
प्रतिवेदनमा एआईका कारण विश्वभर उत्पादकत्वमा करिब ७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। बेलायतमा सरकार एआईमा लगानीलाई प्रोत्साहन गर्न इच्छुक छ। यसले अन्ततः उत्पादकत्व बढाउने बेलायतको विश्वास छ।
बेलायतको विज्ञान र प्रविधि मन्त्री मिशेल डोनेलनले भने, ‘हामी यो सुनिश्चित गर्न चाहन्छौँ कि बेलायतमा एआईले हाम्रो रोजगारीलाई हटाउनको सट्टा सुधार गर्न काम गर्नेछ।’
गोल्डम्यान साक्सको रिपोर्टमा एआईको प्रभाव धेरै क्षेत्रमा देखिने बताइएको छ। जसमध्ये ४६ प्रतिशत प्रशासनिक र ४४ प्रतिशत कानुनी पेसा प्रभावित हुनेछन्।
एआईको न्यूनतम प्रभाव ती क्षेत्रमा हुनेछ जहाँ शारीरिक श्रम गर्नुपर्छ। प्रतिवेदनमा निर्माण क्षेत्रमा ६ प्रतिशत र मर्मतसम्भारमा ४ प्रतिशतले असर पर्ने उल्लेख छ। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19