 
                     
                                
                             
                                    काठमाण्डौ । सफ्टबैंकका सीईओ मासायोशी सनले आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) मानिसभन्दा १० गुणा बढी बुद्धिमान हुने विश्वास व्यक्त गरेका छन्।
सफ्टबैंक वर्ल्ड कर्पोरेट कन्फ्रेन्समा सीईओ सनले यस्तो विश्वास व्यक्त गरेका छन्। ‘अहिले थुप्रै क्षेत्रमा एआईको प्रयोग हुन थालेको छ, विस्तारै सबै क्षेत्रमा एआईको प्रयोग हुनेछ’, उनले भने, ‘यो हिसाबले एजीआई मानिसभन्दा १० गुणा बढीले बुद्धिमान हुने मलाई विश्वास छ।’
एआई मानिसभन्दा चखाल हुन नसक्ने भन्ने कुरा गलत रहेको पनि सीईओ सनले स्पष्ट पारे। ‘अहिले एआई मानिसहरुले जस्तै सिक्दैछन्, तालिम लिँदैछन्’, उनले भने, ‘मानिसले बनाएको एआई मानिसभन्दा चखाल हुन नसक्ला भन्ने कुरा गलत छ।’
सीईओ सनले अबको १० वर्षमा एआईको महत्वबारे थाहा हुने बताए। ‘एनआईकै कारण समाज र व्यापार–व्यवसायमा ठूलो परिवर्तन आउनेछ’, उनले भने। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19