काठमाण्डौ । तान्जानिया एक सामान्य उत्खननकर्मी आफूले हात पारेका दुई बहुमूल्य ढुंगाबाट रातारात कडोपति बनेका छन्।
ती भाग्यशाली उत्खननकर्मी हुन्, तान्जानियाको मन्यारा गाउँका स्यानिनियु लाइजर। यो उनको जीवनको ठूलो खोजमात्र बनेन, देशकै ठूलो खोजी पनि बन्यो।
लाइजरले दुई कच्चा तन्जानाइट ढुंगा फेला परेका हुन्। जसको कुल तौल १५ किलो रहेको छ।
यो ढुंगा दुर्लभ मानिन्छन्। यो ढुंगा खोजेबापत लाइजरले ३४ लाख डलर अर्थात ४० करोड रुपैयाँ हात पारेका छन्। चार पत्नी र ३० सन्तानका अभिभावक लाइजर भन्छन्, ‘यो खुसियाली मनाउनमा म एउटा ठूलो पार्टी आयोजना गर्नेछु।’
तन्जानाइट उत्तरी तान्जानियामा मात्र पाइन्छ। यो औँठी, ब्रासलेट र नेकलेसजस्ता गहनाहरुमा जडान गर्न प्रयोग गरिने एउटा बहुमूल्य रत्न हो। यसबाट अन्य थुप्रै प्रकारका आभूषण पनि बनाइन्छ।
यो संस्थाकै दुलर्भ रत्न हो। स्थानीय एक जियोलोजिस्टका अनुसार अबको २० वर्षभित्र यसको आपूर्ति पूर्ण रुपमा बन्द हुन्छ।
यो हरियो, रातो, बैजीन र नीलो रङमा पाइन्छ। जति यसको रङ स्पष्ट हुन्छ त्यति नै मूल्यवान हुन्छ।
लाइजरले गता ९.२ किलो र ५.८ किलो तौल भएका दुइवटा तन्जानाइट ढुंगा फेला पारेका थिए। उनले ती ढुंगा गत बुधबार मान्यारामा भएको एउटा ट्रेडिङ कार्यक्रममा बेचिदिए।
तान्जानियाका राष्ट्रपति जोन म्यागुफुलीले समेत टेलिफोन गरी लाइजरलाई यो ढुंगा खोज्न सफल भएकोमा बधाइ दिएका छन्। ‘सामान्य उत्खननकर्मीका लागि यो निकै खुसीको कुरा हो र यसबाट यो कुरा पनि पत्ता लाग्न कि हाम्रो देश कति धनी छ’, उनले भनेका छन्।
लाइजर आफ्नो गाउँ मन्याराको सिमान्जिरोमा आफ्नो समुदायको उत्थानका लागि आफूले प्राप्त गरेको पैसा खर्च गर्ने सोचमा छन्। ‘म गाउँमा एउटा सपिङ मल र एउटा स्कुल बनाउन चाहन्छु र गाउँका गरिब परिवारका छोराछोरीलाई राम्रो शिक्षाको अवसर सिर्जना गर्न चाहन्छु’, उनले भने। –बीबीसी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19