काठमाण्डौ । एउटै फर्सी कति किलोसम्म हुन सक्ला ? ५ किलो, १० किलो वा २० किलो ? १०० किलोभन्दा माथिको पनि फर्सी फल्छ भन्दा अचम्म लाग्न सक्छ। यस्तै भएको छ, क्यानडाको ब्रुस काउन्टीमा ।
ब्रुस काउन्टीका एक किसान दम्पतीले १०० किलो होइन त्यसको आठगुना बढी अर्थात ८०३ किलो तौलको एउटै फर्सी फलाएका छन् । अहिले त्यो फर्सी ब्रुस काउन्टीस्थित पोर्ट एल्गिनमा आयोजित फर्सी फेस्ट (महोत्सव) मा प्रदर्शनीमा राखिएको छ ।
यत्रो तौल भएको फर्सी स्थानीय क्यामरन के जेन र फिल हन्ट दम्पतीको बारीमा फलेको हो । महोत्सवमा राखिएको यो भीमकाय फर्सी हेर्न दिनहुँ हजारौँको उपस्थिति हुने गरेको छ । प्रदर्शनीमा आएकाहरु उक्त फर्सीलाई पछाडि पारेर सेल्फी खिच्न तछाडमछाड गर्ने गरेका छन् ।
त्यसो महोत्सव आयोजकले उक्त फर्सी ल्याउने हन्ट दम्पतीलाई ३ हजार क्यानेडियन डलर (नेरु २ लाख ५६ हजार रुपैयाँ) पुरस्कार पनि प्रदान गरेको छ।
जेन हन्ट निकै मेहनत गरेर लगाएको बीउबाट यसरी यत्रो फर्सी फल्दा आफू नै आश्चर्यमा परेको बताए । ‘सुरुमा त अरु फर्सी जसरी नै फलिरहेको थियो तर दिनप्रतिदिन यसको आकार बढ्न थालेपछि मैले पनि यसको बोट वरिपरि झार उखेल्ने, मल हाल्ने कामलाई निरन्तरता दिएँ’, उनले भने, ‘यही मेहनतको परिणाम आज यो महोत्सवमा मलाई मिलिरहेको छ ।’ –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19