काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले अब एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाउने भएका छन्। 

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो। अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा र सापटको ब्याजदर अन्तर २ प्रतिशत विन्दुभन्दा बढी फरक पार्न पाइने छैन। 

यसअघि केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको थिएन।