काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) दुई दिनेदेखि बन्द छ । सोमबार र मंगलबार लगातार दुई दिन सार्वजनिक बिदा परेकाले नेप्से पनि बन्द भएको हो । 

यो साता नेप्सेमा एक दिन आइतबार मात्रै धितोपत्र कारोबार भएको छ । सातामा पाचँ दिन कारोबार हुने नेप्सेमा अब बाँकी दुई दिन बुधबार र बिहीबार मात्रै धितोपत्र कारोबार हुने भएको छ ।

सरकारले ईसाइ धमावलम्बीहरुको चाड क्रिसमस र उधौली पर्वको अवसरमा सोमबार र मंगलबार बिदा दिएको छ ।